stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल – सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “EVolve to RIDDARA Xchange” नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास लिएको छ।

यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित EV पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्।

गीली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा, दक्षता र व्यवहारिकताको आदर्श संयोजन हो। ४२४ किलोमिटरको उत्कृष्ट रेंज र ७३ किल оват(आवरको शक्तिशाली ब्याट्री क्षमता सहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ।

नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिड्डारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७ वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्दछ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउँछ।

यस योजनालाई अझ आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ, जसले ग्राहकको लगानीमा अधिकतम मूल्य प्रदान गर्दछ।

रिड्डाराले चीनमा नम्बर १ EV पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यसले रिड्डाराको विश्वसनीयता र गुणस्तरमा अन्तर्राष्ट्रिय स्तरमा विश्वास दिलाउँछ।

सिजी मोटर्सले यो पहल मार्फत नेपालमा विद्युतीय सवारीको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउँदै, आम नागरिकलाई वातावरणमैत्री, स्मार्ट र दीर्घकालीन समाधान अँगाल्न प्रेरित गरिरहेको छ।

prabhu mahalaxmi
kumari