stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माधव नेपाल बम्किए !

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेकपाका वरिष्ठ नेता माधव नेपाल अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसगँ निकै रुष्ट छन । नेता नेपालले पार्टी भित्रकाे गुटबन्दी प्रति असन्तुष्टि जनाउदै भनेका छन् ।

पदको निम्ती मरिहत्ते गरेर लाग्नेहरुलाई पो विधि पद्दतिको पक्षमा टिकिरहन गार्हो होला त तर जसलाई कुनै अमुक पदमा पुग्नु भन्दा विधि पद्दतिमा चलेको पार्टीको सदस्य हुने कुरा ठुलो छ ।

उसलाई न कुनै प्रकारको लोभ, लालच , धाक धम्किले गलाउन सक्छ, न त कुनै प्रकारको चोचो मोचो मिल्ने मिलाउने खेलको सम्भावित खेलको त्राशले ढलाउननै सक्छ ।

विगतमा नियतवस कुनै काम गलत नगरेकोमा ढुक्क रहेको अनि वर्तमानमा पनि निजी स्वार्थलाई हेरेर यता र उता गर्ने नभएर सामुहिक स्वार्थ हेरेर ठिक कुराको पक्षमा दृढ रहन सक्नु भएका नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव नेपालले इमान्दारिता सहितको स्वच्छ राजनीतिको जगमा पैदा हुने त्यही साहस प्रदर्शन गरिरहनु भएको छ ।

त्यसैले त वहाँले प्रष्टसंग भन्दिनु भएको छ “ जो जसलाई प्रधानमन्त्री बन्नु छ वा बनिरहनु छ ठिक छ , जसजसलाई पार्टी अध्यक्ष बन्नु छ बन्न दिउँ , मलाइ चाहिएन तर म बेलगाम नेतृत्वको पक्षमा उभिन सक्दिन , हरेक महत्वपूर्ण विषयहरु पार्टी कमिटिमा छलफल गरिने र कमिटिको निर्णय मानिने कुराको ग्यारेण्टी होस ।

सामुहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीको सिद्धान्त व्यवहारमा कडाईका साथ लागु होस, त्यसो हुँदा मेरो ठाउँ कहाँ हुन्छ मलाई चिन्ता छैन ।” वहाँको नाम सुन्न समेत नचाहनेहरुले के भन्छन त्यो थाहा छैन तर नेकपाका आम कार्यकर्ताहरु चाहिं माधव नेपालको निस्वार्थ र सहि अडानलाई सलाम गरिरहेका छन ।

अनेकन कारण बोल्न नसकेकाहरुको पनि समर्थन सहि अडानको पक्षमा नै छ , जून समयक्रममा देखिने नै छ । आख़िर वहुदलीय लोकतन्त्रमा कमिटिगत निर्णयको अर्थ छैन भन्ने सिद्धान्तलाई समर्थन गरेर लोकतन्त्र प्राप्तिको निम्ती गरेको मेहेनतलाई मजाक सावित गर्ने रहर त कसलाई पो हुनु र ?

prabhu mahalaxmi
kumari