बाढी–पहिरो पीडितलाई नेपाल बंगलादेश बैकद्धारा आर्थिक सहयोग
काठमाडौं । आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई नेपाल बंगलादेश बैकले आर्थिक सहायता उपलब्ध गराएको छ ।
उक्त बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ती बाह्रविसे नगरपालिका मार्फत एक लाख मात्र आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको हो ।
उक्त बाढी तथा पहिरोको कारण हुन गएको क्षती प्रति नेपाल बंगलादेश बैंक बाह्रविसे शाखा तथा बैंक परिवारले गहिरो दुःख ब्यक्त गरेको छ ।


























