stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङबारे जानकारी लिएर मात्र कारोबार गरौँः

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङबारे जानकारी लिएर मात्र कारोबार गर्न सुझाव दिएको छ।

राष्ट्र बैंक आज वित्तीय चेतनाका लागि सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। वित्तीय ग्राहकलाई डिजिटल भुक्तानी सेवा स्वतन्त्र रुपमा व्यवस्थापन गर्ने सुविधा प्रदान गर्दै सुरक्षा तथा सहजता सुनिश्चित गर्ने उद्देश्यले आफूले प्रयोग गरिरहेको विविध विद्युतीय भुक्तानीसम्बन्धी सेवा विभिन्न कारणवश प्रयोग गर्न नमिल्ने अवस्थामा स्वयंले आधिकारिक मोबाइल एप वा वेब पोर्टलमार्फत निष्क्रिय गर्न सकिने तथा त्यस्तो सेवा पुनः प्रयोग गर्न परेमा फेरि सोही मोबाइल एप वा वेब पोर्टल मार्फत सक्रिय गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपर्युक्त सेवाका लागि आफ्नो एप वा वेब पोर्टलमा आवश्यक व्यवस्था मिलाउनु पर्ने प्रावधान नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को ग्राहकहित संरक्षणसम्बन्धी व्यवस्थामा रहेको छ।

IME Lifesidebar
kumari