citizens life insurance long ad
stcnepal long ad

निफ्राको खुद नाफा घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को खुद नाफा ९० करोड रुपैयाँ कायम भएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ८.८४ प्रतिशतले घटेको हो । गत वर्ष ९८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी २४.१२ प्रतिशतले घटेपछि खुद नाफा पनि प्रभावित भएको हो । चैत मसान्तसम्म खुद ब्याज आम्दानी १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

यसको चुक्ता पुँजी २१अर्ब ६० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५३ पैसाले घटेर ६ रुपैयाँ ९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ८१ पैसा छ ।

IME Life
kumari