stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नबिल बैंकद्वारा स्क्यान एण्ड वीथ ड्र सेवा शुभारम्भ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एण्ड वीथ ड्र सुविधाको सुरुवात गरेको छ ।

स्क्यान एण्ड वीथ ड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्नेछन् ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिल बैंकले चाँडै यो सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने जनाएको छ ।

नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब नबिल बैंकका ग्राहकमहानुभावले चेक–एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग ए्यापमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ।”

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धती मार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको छ ।

ग्राहकले क्यूआरकोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एण्ड वीथ ड्र मार्फत नबिल बैंकका ग्राहक महानुभावहरुले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।

prabhu mahalaxmi
kumari