stcnepal long ad
ime life insurance
global ime bank long

स्वास्थ्य बीमा ऐन सामान्य संशोधन प्रक्रिया अन्तिम चरणमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले स्वास्थ्य बीमा नियमावलीका केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य विमा नियमावलीमा संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका हुन् ।

‘स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य बीमा नियमावलीमा केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेका छन् ।

जसले सेवा प्रवाहलाई सवै पालिकासम्म पुर्याउन, स्रोत साधन जुटाउन, सेवा प्राप्त गर्नेक्रम अहिले रहेको प्रथम विन्दुको अप्ठारो छ त्यसलाई हटाउनको लागि महत्वपुर्ण भुमिका खेल्नेछ ।’

उनले प्रत्येक पालिकामा प्रथम सेवाविन्दु पुग्नेगरी सरकारले कानून नै संशोधन गरेर अगाडि बढेको भन्दै लक्षित वर्ग धेरै हुँदा भुक्तानीको भार धेरै भएको भन्ने विश्लेषण रहेकाले त्यस्तो अवस्था नरहेको पनि बताए ।

यस्तै स्वास्थ्य बीमा बोर्डको अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रीले छरिएका सामाजिक स्वास्थ्यका कार्यक्रमहरु स्वास्थ्य बीमा बोर्डबाट सुरु गरिएको बताए ।

‘नेपालमा औपचारिक क्षेत्रबाट सुरु हुनुपर्ने स्वास्थ्य बीमा अनौपचारिक क्षेत्रबाट लागु गरियो । त्यसका कारण खाडल जम्मा भएको छ ।

अव सही तरिकाले ऐनले व्यवस्था गरेको कुरालाई सम्पूर्ण क्षेत्रमा लागु गर्न हामी क्रियाशील छौ । राज्यबाट छरिएर रहेका विभिन्न सामाजिक स्वास्थ्यका कार्यक्रमहरु छन् ।

यसलाई एकद्धार प्रणालीबाट बीमा बोर्डबाट सञ्चालन गर्नेगरी हामीले काम सुरु गरिसकेका छौ,’ उनले भने ।उनले बीमा बोर्डको जनशक्तिलाई सशक्तिकरण गर्न स्थाई कर्मचारीहरुलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने बताए ।

prabhu mahalaxmi
kumari