stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद शेयर बाँडफाँड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि असार २५ गतेसम्म विक्री खुला गरेको ६० प्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ ।

कम्पनीले माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि ६० प्रतिशतका दरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।

कम्पनीले रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ३६ लाख ८१ हजार ३५९ दशमलव ५० कित्ता हकप्रद शेयर साउन ९ गते बाँडफाँट गरेको हो । कुल कित्ता हकप्रद शेयरमध्य १ लाख ६१ हजार ७८ कित्ता भने बाँडफाँट हुन बाँकी छ ।

यो अवधिमा विक्री हुन नसकेको बाँकी कित्ता हकप्रद भने कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्नेछ । हाल ६४ करोड ४ लाख ६ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले १ अर्ब रुपैयाँ पूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो ।

prabhu mahalaxmi
kumari