citizens life insurance long ad
stcnepal long ad

३० वर्षपछि बजारमा फर्किँदै यामाहाको ‘आइकनिक’ बाइक आरएक्स १००

Nimb long ad
Prabhu Insurance Long Ad

यामाहा आरएक्स १०० मोटरसाइकल पुनः फर्किने तयारी गरिरहेको छ, जसमा आधुनिक प्रविधि समावेश गरिनेछ । सन् १९८५ मा पहिलो पटक लन्च गरिएको सो टु–स्ट्रोक बाइक परफर्मेन्स र एक्जस्ट साउन्डका कारण प्रख्यात थियो ।

सन् १९८५ को नोभेम्बर महिनामा लन्च गरिएको यामाहा आरएक्स १०० भारतीय मोटरसाइकल बजारमा एक गेम चेन्जर सावित भएको थियो। सो बाइक ९८ सीसी एयर(कुल्ड, रीड भल्व टु–स्ट्रोक सिंगल इन्जिन सहित आएको थियो, जसले ११.२ एचपी पावर र १०.३९ एनएम टर्क प्रदान गर्थ्यो। यसको हल्का तौलका कारण राइडरलाई रोमाञ्चक अनुभव दिन्थ्यो, जसका कारण सो बाइक ७.५ सेकेन्डमै ० देखि ६० किमी प्रतिघण्टाको गतिमा पुग्थ्यो।

नयाँ आरएक्स १०० को सबैभन्दा प्रतीक्षित विशेषतामध्ये एक यसको प्रभावशाली फ्युल एफिसियन्सी हो। रिपोर्टका अनुसार, २०२५ मोडलमा ९८ सीसी सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ।

सो इन्जिनले १०.८५ पीएस पावर र १०.३९ एनएम टर्क प्रदान गर्नेछ । नयाँ आरएक्स १०० ले ८० किलोमिटर प्रतिलिटर  माइलेज  दिनेछ । बाइकको अधिकतम गति ११० किलोमिटर प्रति घण्टा हुनेछ । सेफ्टीका लागि यसमा ड्रम ब्रेक, ट्युबलेस टायर छ भने १०३ किलोग्राम तौल रहेको छ ।

आरएक्स १०० को क्लासिक डिजाइनलाई कायम राख्दै, नयाँ मोडलमा प्रदर्शन र सुरक्षालाई बढाउने आधुनिक प्रविधि समावेश गरिनेछ। यसले बाइकमा पुरानो मोडलको ऐतिहासिक पहिचान जोगाउनुका साथै नयाँ पुस्ताका लागि पनि आकर्षक बनाउनेछ।

IME Life
kumari