stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल इन्स्योरेन्सको ७६ औँ वार्षिक साधारण सभा आज

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०८१र८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । वर्तमान लेखापरिक्षक पुनः नियुक्ती हुन सक्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव गरिन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुकक्लोज गरेको थियो । यस अनुसार चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

prabhu mahalaxmi
kumari