stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मौसम विभागले भन्यो तराई डुब्न सक्छ’ सतर्कता अपनाउन आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्ष भएर नदीहरुको जल सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

गत हप्ताभन्दा केही कमजोर वर्षा भएपनि मध्यपहाडी क्षेत्र भएर बग्ने ठूला नदीका सहायक नदीहरुमा पानीको सहत बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको हो ।

गण्डकी प्रदेशका काली गण्डकी, सेती गण्डकी तथा प्रदेश नम्बर ५ का पश्चिम राप्ती, तिनाउ र बबई नदीका सहायक नदीहरुमा पानीको बहाब बढ्ने सम्भावना रहेको विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ जुवाले बताए ।

आगामी तीन दिन १३, १४ र १५ गते गण्डकी र प्रदेश नम्बर ५ सँगै सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरामा समेत बाढीको सम्भावना रहेको छ । प्रदेश नम्बर २ का बारा, पर्सा र सप्तरीमा पनि बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।

विभागले चितवन, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, बागलुङ भएर बग्ने साना नदीहरुमा आकस्मिक बहाबको उच्च सम्भावना रहेको जनाएको छ । यस्तै म्याग्दी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा रुकुम, प्युठान, सल्यान, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर भएर बग्ने साना नदीमा पनि बहाब बढ्ने सम्भावना उच्च छ ।

बाढीसँगै मध्यपहाडी क्षेत्रमा पहिरो र तराईको केही स्थानमा डुबान हुन सक्ने श्रेष्ठले बताए । प्रदेश नम्बर १, २ स्थान, प्रदेश नम्बर ५ का केही स्थान र सुदूरपश्चिम प्रदेशमा पनि केही क्षेत्रमा डुबान हुन सक्ने उनले बताए ।

prabhu mahalaxmi
kumari