stcnepal long ad
ime life insurance
global ime bank long

जिकरले एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम निः शुल्क उपलब्ध गराउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम एक स्मार्ट प्रविधि हो, जसलाई सवारी साधनमा सुरक्षा र सुविधा बढाउन प्रयोग गरिन्छ। सो सिस्टमले क्यामेरा, सेन्सर, राडार र एआईको सहयोगमा काम गर्छ र चालकलाई सचेत गराउन, सवारी साधन नियन्त्रण गर्न र दुर्घटना रोक्न मद्दत गर्छ।

चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माण कम्पनी जिकरले आफ्ना ग्राहकलाई निःशुल्क रूपमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराउने भएको छ । कम्पनीका सीईओ एन्डी एनले सो सुविधा अप्रिलमा सबै ग्राहकका लागि जारी गरिने बताए ।

जिकरको नयाँ प्रविधि एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टमले एन्भिडिया ओरिन एक्स चिपसेट र लिडार सेन्सर प्रयोग गर्छ।

भविष्यमा सो सिस्टमलाई एन्भिडिया थोर चिपसेटको साथ लामो दुरी र छोटो दुरी लिडारमा प्रयोग गर्नेछ। जिकरको सो प्रविधि लिंक एण्ड कर्पोरेटको लागि पनि प्रयोग गरिनेछ र सम्भवतः जिली गाडीमा पनि प्रयोग गरिनेछ।

prabhu mahalaxmi
kumari