stcnepal long ad
ime life insurance
global ime bank long

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने भएको छ।

हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषबीच यस सम्बन्धी सम्झौता भएको छ।

यस सम्झौताअनुसार, वैदेशिक रोजगारीमा रहेका योगदानकर्ताहरूले हिमालयन बैंकमा खाता खोली विभिन्न डिजिटल माध्यमहरू, जस्तै हिमालरेमिट, मोबाइल बैंकिङ्ग वा कार्डमार्फत आफ्नो योगदान रकम सहज रूपमा जम्मा गर्न सक्नेछन्।

बैंकले संकलन गरेको रकम सोही दिन सामाजिक सुरक्षा कोषको खातामा जम्मा गरिने व्यवस्था मिलाइएको छ।

बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता समारोहमा बैंक तथा कोषका अन्य अधिकारीहरू समेत उपस्थित थिए।

यस व्यवस्थाले प्रवासी नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सजिलो बनाउने र उनीहरूको दीर्घकालीन आर्थिक सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ।

prabhu mahalaxmi
kumari