stcnepal long ad
ime life insurance
global ime bank long

नागरिक लगानी कोष आजदेखि ३५औं वर्षमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नागरिक लगानी कोष आजदेखि स्थापनाको ३४औं वर्ष पूरा गरी ३५औं वर्षमा प्रवेश गरेको छ । प्रजातन्त्रको पुनर्बहालीसँगै २०४७ चैत ४ गते स्थापना भएको कोष गौरवमय ३५औं वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिँदै कोषले बचत परिचालन गरी औद्योगिक, व्यावसायिक तथा वित्तीय क्षेत्रमा लगानीका माध्यमबाट समग्र अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।

‘देशको आर्थिक वृद्धि र दिगो विकासका लागि भौतिक पूर्वाधार, नवीकरणीय ऊर्जा, कृषि, पर्यटन तथा साना मझौता उद्यनोगमा लगानी बढाउनुपर्ने बेला आएको छ,’ प्रधानमन्त्रीले ओलीले भने, ‘अहिले कोषको ठूलो हिस्सा मुद्दती निक्षेपमा छ । सो लगानीलाई विविधीकरण गरी लगानी बढाएमा सरकारले लिएको विकासको लक्ष्यमा कोषको योगदान पुग्न सक्छ ।’

त्यस्तै, सोही अवसरमा अर्थमन्त्री विष्णु पौडेलले कोषले आर्थिक विकासका लागि बचत प्रोत्साहित गरी पुँजी निर्माण गर्न संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे ।

‘कोषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशले सिर्जना गरेका अवसर र चुनौतीको विश्लेषण गर्दै आगामी कार्यदिशा तय गर्नुपर्ने हुन्छ,’ उनले भने ।

साथै, अर्थमन्त्री पौडेलले डिजिटलाइजेसन र अटोमेसनको माध्यमबाट सहज, चुस्त र शीघ्र सेवा प्रवाह गर्न पनि कोषलाई आग्रह गरे ।

prabhu mahalaxmi
kumari