stcnepal long ad
ime life insurance
national life
global ime bank long

बीमा प्राधिकरणका सुशिल देव सुवेदी कार्यकारी निर्देशक पदमा बढुवा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिल देव सुवेदी कार्यकारी निर्देशक पदमा बढुवा भएका छन् । प्राधिकरणको पदपूर्ती समितिले कार्य सम्पादन मूल्याङ्कनको आधारमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्न गरेको सिफारिशको आधारमा अब बस्ने सञ्चालक समिति बैठकले उनको बढुवाको सिफारिस अनुमोदन गर्नेछ ।

गत माघ २३ गते समितिले बढुवाको सिफारिश गरेको थियो । सिफारिश भएको ३५ दिन पछि लागु भएको हो । सुबेदीले ५ वर्ष प्राधिकरणमा काम गर्नेछन् । पदपूर्ति समितिले प्रकाशन गरेको सूचना अनुसार तीनजना उम्मेदवारमध्ये सुवेदीले सर्वाधिक ७७.१९४ अंक प्राप्त गरेका थिए।

सुवेदीसँगै प्रतिस्पर्धामा प्राधिकरणका निर्देशकहरू कमल प्रसाद रेग्मी र पूजन ढुंगेल समेत प्रतिस्पर्धामा रहेका थिए । गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजु रमण पौडेलको अनिवार्य अवकाश पछि कार्यकारी निर्देशक पद रिक्त रहेको थियो।

पछिल्लो समयमा सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव, प्राधिकरणको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका थिए । सुवेदी बीमा प्राधिकरणले सञ्चालन गर्दै आएको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(आइआइएन)का समेत प्रमुख कार्यकारी अधिकृत हुन् ।

prabhu mahalaxmi
kumari