citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

काठमाडौंमा अन्तर्राष्ट्रिय बिजिनेस समिट हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी वैशाख पहिलो साता राजधानीमा अन्तर्राष्ट्रिय बिजिनेस समिटको दोश्रो संस्करण हुने भएको छ । नेपाल बिजिनेस इन्स्टिच्युट(एनबीआई) ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चेम्वर अफ कमर्शको सहकार्यमा बिजिनेस समिटको आयोजना गरेको हो । यो समिट आगामी बैशाख ७ गतदेखि आयोनजा हुन लागेको हो ।

दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नाराका साथ दोस्रो संस्करण हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

समिटमा सङ्घीय सरकारका उच्च राजनीतिक तथा प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङ क्षेत्रका ज्ञाता, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रसम्बद्ध अग्रणी संस्थाका नेतृत्वगण, बैङ्क तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा उच्च अधिकारी सहभागी हुनेछन ।

यस्तै उद्योगी तथा व्यवसायी, नवप्रवद्र्धनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा सङ्लग्न युवा, वैदेशिक रोजगारबाट फर्केका उद्यमशील जनशक्ति तथा उच्च शिक्षामा अध्ययनरत विद्यार्थी सहित पाँच सयभन्दा बढीको सहभागिता रहने एनबिआईका कार्यकारी अध्यक्ष तथा सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले जानकारी दिए ।

नीति निर्माण तहका सरकारी अधिकारीहरू, उद्योग–व्यवसायसम्बद्ध सङ्घ–संस्थाका प्रतिनिधि, औद्योगिक घरना, प्राज्ञिक व्यक्तित्व, युवा तथा महिला उद्यमीबीच सघन छलफल, बहस तथा अन्तरक्रिया लगायतका कार्यक्रम गरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले समिट आयोजना गर्न लागेका संयोजक गैरेले स्पष्ट गरे ।

IME Life
kumari