citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

अवैधरुपमा बसेका नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौं आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर आज अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ ।

अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौंमा आउने भएको हो ।

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए ।

अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो। अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन ।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई) ले अवैध नेपालीहरूलाई विभिन्न एयरलायन्सबाट नेपाल फर्काउने गरेको थियो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्।

झन्डै एक महिना अगाडि नेपालस्थित अमेरिकी दूतावासले निष्कासित भएका केही नेपालीलाई चार्टर जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले बताएको छ ।

पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ।ती नेपालीहरू विभिन्न एयरलायन्स मार्फत नेपाल फर्काइएका हुन्।

IME Life
kumari