citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

हिमालय एयरलाइन्सले चैत्र १८ देखि पोखरा–ल्हासा उडान सुरु गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । हिमालय एयरलाइन्सले आगामी चैत्र १८ (मार्च ३१) देखि पोखराबाट उडान सुरु गर्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले नियमित व्यावसायिक उडान गर्ने भएको हो। एयरलाइन्सले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सातामा एउटा उडान गर्ने बताएको छ।

यो विमानस्थल २०७९ पुसमा सञ्चालनमा आएको हो। अहिलेसम्म नियमित व्यावसायिक उडान हुन सकेको छैन। हिमालयले व्यावसायिक उडान थालेसँगै यो नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ।

नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ यो गन्तव्यमा व्यावसायिक उडान गर्न लागेको कम्पनीले प्रेस विज्ञप्ति मार्फत बताएको छ।

अहिलेसम्मको योजना अनुसार एयरलाइन्सले चैत्र १८ गते बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–ल्हासा उडान गर्नेछ।

चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ। सोही जहाज स्थानीय समयअनुसार १२:४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।

IME Life
ofukuro
kumari