sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

 केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबलाई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन आर्मीलाई हराउँदै मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा मछिन्द्रले आर्मीलाई २–० गोलले पराजित गर्दै ह्याट्रिक गरेको हो।

मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे। मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो।

खेलको २९औँ मिनेटमा सनिसले गरेको प्रहार आर्मीका रक्षक विमल पाण्डेबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो। ७३औँ मिनेटमा स्टेफन जमाह जलीले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए।

जलीले मलिक युसुफको क्रसमा ड्याप इन गोल गरे। यसपछि थप गोल नहुँदा मछिन्द्र लगातार तेस्रो पटक च्याम्पियन बनेको हो। मछिन्द्रले यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो।

gold
nawakantipur long