citizens life insurance long ad

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८औँ वार्षिक साधारणसभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

सो साधारण सभा मार्फत संस्थापक समूहबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट निर्वाचन बाट २ जना सञ्चालक चयन भएका छन् ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

गत आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव पनि गरेको छैन। साधारण सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो ।

 

IME Lifesidebar
kumari