stcnepal long ad
ime life insurance
global ime bank long

अमेरिकाले ‘गोल्ड कार्ड’ भिसा ५० लाख डलरमा बेच्ने ट्रम्पको घोषणा

करिब दुई हप्ताभित्र कार्डको बिक्री सुरु हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ । ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताउनुभएको छ ।

“हामी ‘गोल्ड कार्ड’ भिसा बेच्ने तयारी गरिरहेका छौँ । हामी त्यो कार्डको मूल्य करिब ५० लाख अमेरिकी डलर मूल्य राख्ने तयारी गरिरहेका छौँ,” ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भन्नुभयो ।

आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताउनुभएको छ ।

ट्रम्पले भन्नुभयो, “धेरै मानिसहरू यो देशमा बस्न चाहन्छन्, र उनीहरूले काम गर्न, रोजगारी प्रदान गर्न र कम्पनीहरू निर्माण गर्न सक्षम हुनेछन् र यसरी आउने पैसा भएका मानिसहरू हुनेछन्।” करिब दुई हप्ताभित्र कार्डको बिक्री सुरु हुने ट्रम्पले बताउनुभयो ।

“हामी यी कार्डहरू मध्ये १० लाख बिक्री गर्न सक्षम हुनेछौं। हामीले यो सबै काम अमेरिकी कानुन अनुरूप नै गरेका छौं,” ट्रम्पले भन्नुभयो । उहाँले नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने बताउनुभयो ।

तर धनी रुसीहरुले पनि आवेदन दिन पाउँछन् कि सक्दैनन् भन्ने प्रश्नमा ट्रम्पले यो सम्भावना रहेको बताउनुभयो । “सम्भवतः। म केही रूसी कुलीन वर्गहरूलाई चिन्दछु जुन धेरै राम्रो मानिसहरू हुन्। यो सम्भव छ,” ट्रम्पले भन्नुभयो ।

“उनीहरू पहिलेजस्तो धनी छैनन्। मलाई लाग्छ कि उनीहरूले गर्न सक्छन्। मलाई लाग्छ उनीहरूले ५० लाख डलर खर्च गर्न सक्छन्।

तीन वर्षअघि मस्कोले युक्रेनमाथि आक्रमण गरेयता थुप्रै रुसी कुलीन वर्गपश्चिमी प्रतिबन्धको चपेटामा परेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध फुकुवा गर्न कुनै न कुनै समयमा सम्भव भए पनि अहिले वार्ताको टेबलमा नरहेको बताउनुभयो ।

ओभल अफिसमा ट्रम्पको छेउमा उभिएका अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डको बारेमा भन्नुभयो, “हामी त्यो पैसा हाम्रो घाटा कम गर्न प्रयोग गर्न सक्छौँँ।”

लामो व्यावसायिक करियरमा होटल र क्यासिनोको शृङ्खलाबद्ध ब्रान्डिङ गरेका ट्रम्पले नयाँ कार्डको नाम पनि आफ्नो नाममा राख्न सकिने सुझाव दिनुभएको छ ।

“कसैले भन्यो, “के हामी यसलाई ट्रम्प गोल्ड कार्ड भन्न सक्छौंरु” प्रतिउत्तरमा मैले भने, भनेँ, “यदि यसले मद्दत गर्छ भने, ट्रम्प नाम प्रयोग गर्नुहोस्।”

prabhu mahalaxmi
kumari