stcnepal long ad
global ime bank long

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो ।

कार्यालयले फागुन १५ गतेदेखि चैत १५ गतेसम्म ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको हो । गर्न लागेको हो ।

उक्त बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले खरिद गर्न पाउने छन् । वैदेशिक रोजगारीमा रहेका वा स्वदेश फर्किएको ६ महिना नपुगेका नेपाली नागरीक र गैरआवसीय नेपाली तथा परिवार सदस्यले पनि बचतपत्रमा आवेदन दिन सक्नेछन् ।

यस बचतपत्र ब्याजदर वार्षिक ८.५ प्रतिशत तोकेको छ । उक्त ब्याजदर बैंक तथा वित्तीय संस्थाहरूले हाल प्रदान गरिरहेको ब्याज भन्दा धेरै हो ।

ब्याज भने ६/६ महिनामा भुक्तानी हुनेछ । साँवा २०८६ चैत १८ गते एकमुष्ठ रूपमा पाइने छ । बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले निःशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ ।

 

IME Lifesidebar
kumari