stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लामो दूरीका यातायात छिटो खुलाउन माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्ला बाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ ।
छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको महासङ्घको दाबी छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्नु अवैज्ञानिक भयो, जनतालाई दुःख भयो, काठमाडौँ आउनै पर्ने मान्छे जिल्ला जिल्लामा गाडी चेन्ज गरेर आएका छन् । त्यसो गर्दा कोरोना सङ्क्रमण सर्ने सम्भावना झन् बढ्छ । ”
बरु लामो दूरीका पनि खुला गरिदिए एउटै गाडीमा गन्तव्यमा पुग्दा कोरोना फैलने सम्भावना कम हुने उपाध्यक्ष स्वाँरको भनाइ छ । सरकारले तोकेको सुरक्षाको मापदण्ड अपनाएर गाडी चलाउँछौँ भन्दा पनि सरकारले रोकिरहेको महासङ्घको गुनासो छ ।

स्वाँर भन्नुहुन्छ, “प्राइभेट गाडीले दोब्बर भाडा उठाएर यात्रु बोकिरहेका छन्, यात्रु ठगिएका मात्र छैनन् कोरोनाको उच्च जोखिम मोलिरहेका छन् । निजी गाडीले कोरोना नसार्ने सार्वजनिकले मात्र सार्ने जस्तो सरकारको व्यवहार भयो । ”
व्यवसायी आर्थिक सङ्कटमा परेकाले लामो दूरीको सार्वजनिक यातायात छिटो सञ्चालन गर्नुपर्ने महासङ्घको जोड छ । गत असार २६ गतेदेखि सरकारले छोटो दूरीको यातायात सञ्चालन खुला गर्दा महासङ्घलगायत दुई प्रमुख दलका मजदुर सङ्गठनले गाडी चलाएका थिएनन् तर मौद्रिक नीतिमा व्यवसायीको माग सम्बोधन भएपछि सार्वजनिक यातायात सञ्चालन गर्न उनीहरू तयार भएका हुन् ।

सरकारले यातायात व्यवसायीको बैङ्क किस्ताको तालिका छ महिनापछि सारेको छ भने पुनर्कर्जाको पनि व्यवस्था गरेको छ । यातायात मजदुरको एक लाख रुपियाँको कोरोना बीमाको ५० हजार रुपियाँ सरकारले बेहोर्ने भएको छ ।
सरकारले भदौ १ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको छ तर व्यवसायीले भने त्यो भन्दा अगावै सञ्चालन गर्न माग गरिरहेका छन् । सञ्चालनका लागि आफूहरू तयारी अवस्थामा रहेको तर सरकारले रोकिरहेको महासङ्घले जनाएको छ ।

prabhu mahalaxmi
kumari