stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

होटल सञ्चालनको पूर्वतयारीमा जुट्न सङ्घको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले बन्दाबन्दी खुलेको घोषणा गरेपछि पश्चिमाञ्चल होटल सङ्घ, पोखराले होटल सञ्चालनको लागि पूर्वतयारी गर्न आग्रह गरेको छ । सङ्घका तर्फबाट अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी बन्दाबन्दीले लामो समय बन्द रहेका होटल व्यवसायलाई पूर्ववत् रुपमा सञ्चालनको लागि तयारी गर्न आग्रह गरे ।

विज्ञप्तिमा भनिएको छ, “वर्तमान अवस्थाले पर्यटकहरुको आगमनमा शून्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजनलाई लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनालाई भयरहित वातावरणको सुनिश्चितता गर्न आग्रह गरिन्छ ।’

आतिथ्यता प्रदान गर्न सङ्घले होटल प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई होटल सञ्चालन कार्यविधि (प्रोटकल) अनुरुप तालीम प्रदान गर्ने, सुरक्षा सावधानीका सामग्री खरिदमा सहजीकरण गर्ने हुँदा यहाँहरुलाई आन्तरिक तयारीमा जुट्न आग्रह समेत गरिएको छ ।

पर्यटनलाई चलायमान बनाउन वर्तमान समयमा आन्तरिक पर्यटकको विशेष भूमिका रहने भन्दै सङ्घले निकट समयमा नै डिजिटल वा विभिन्न माध्यमहरुबाट आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यहरुको तयारी गरिरहेको पनि जनाएको छ ।

यसैगरी होटल सेवा पनि सावधानी अपनाउँदै क्रमिक रुपले खुल्दै जाने अपेक्षा सङ्घले गरेको छ । पर्यटनलाई पुरानो लयमा फर्काउन होटल सञ्चालन कार्यविधि जारी गरेको अवस्थामा सो कार्यविधि अवलम्बन गरी व्यवसाय सञ्चालन गर्नु सबैको दायित्वलाई स्मरण गराइएको छ ।

नेपाल सरकारद्वारा गत श्रावण ६ गतेबाट जन जीवन र आर्थिक गतिविधिलाई चलायमान बनाउन पूर्ण सुरक्षा सावधानी अपनाउँदै करिब चार महिनाको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो ।

घोषणासँगै श्रावण १५ गतेदेखि होटल, रेष्टुरेण्ट तथा पर्यटन व्यवसाय र भदौ १ गतेदेखि लामो दूरीका यातायात सेवा, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनःसञ्चालन गर्न सेवा प्रदायकहरुलाई अनुमति प्रदान गरेको छ ।

यसैगरी सङ्घले हालै मात्र नेपाल राष्ट्र बैंकले जारी गरेको २०७७÷७८ को मौद्रिक नीतिमा होटल तथा पर्यटन क्षेत्रमा सहुलियत दरको पुर्नकर्जा, ऋणको पुनःतालिकीकरण, साँवा तथा ब्याज भुक्तानीको लागि थप समयावधि माग भए अनुसार केही सम्बोधन हुनुले वर्तमान परिस्थितिमा केही राहत मिलेको महसुस गरेको उल्लेख गरेको छ । यसको यथाशीघ्र कार्यान्वयनको लागि पनि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइएको छ ।

कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा देखिएको शिथिलतालाई मध्यनजर गर्दै सङ्घ होटल प्रतिष्ठानहरुलाई नवीकरण शुल्क र नयाँ सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिई आर्थिक वर्ष २०७७÷७८ को नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने जानकारी पनि सङ्घले गराएको छ ।

अध्ययन सामग्री वितरण गरिने

कोभिड–१९ का कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन सामग्री वितरण गर्ने भएको छ ।

पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘सो अध्ययन सामग्री’ तयार गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गर्ने महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार पहिलो चरणमा साउन ११ र १२ गते विभिन्न आठ वटा वडामा रहेका विद्यार्थीलाई अध्ययन सामग्री वितरण गर्न लागिएको हो । पोखरा महानगरपालिकाका ३३ वटै वडाका विद्यार्थीहरुलाई पहिलो चरणमा आठ वटा वडामा पाँच हजार छ जना विद्यार्थीलाई सो अध्ययन सामग्री वितरण गरिने छ ।

विद्यालय जान नपाएका विद्यालयलाई लक्षित गरी पोखरा महानगरपालिकाले विद्यार्थीमा सकारात्मक ऊर्जा सिर्जना गर्न र उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन टेलिभिजन कार्यक्रम पोखरा शैक्षिक अभियान सञ्चालन गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari