stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा जिआईसी इन्स्योरेन्सको १२ करोड १६ लाख रुपियाँ नाफा आर्जन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १२ करोड १६ लाख रुपियाँ नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा कम्पनीको नाफा १० करोड ५५ लाख रुपियाँ थियो ।

समीक्षा अवधिमा  इन्स्योरेन्स कम्पनीले २८ करोड ३१ लाख  रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले २९ करोड ३४ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यो ३.५० प्रतिशतले कम हो ।

यस अवधिमा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपियाँ छ भने विशेष कोषमा ६४ करोड ५४ लाख र रिटेन्ड अर्निङमा २३ करोड ७६ लाख रुपियाँ रहेको छ ।

त्यस्तै, इन्स्योरेन्स कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.१७ रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ १५२.७७ रुपियाँ पुगेको छ ।

prabhu mahalaxmi
kumari