stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्स कम्पनीको खुद नाफा ३ लाख रुपैयाँ मात्रै थियो। त्यसबेला कम्पनीले व्यवसाय शुरू गरेको धेरै समय नभएकाले त्यति मात्रै नाफा गरेको हो।

त्यसैगरी चालू आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीले कुल आम्दानी र खुद बीमाशुल्क आर्जनमा पनि रफ्तार लिएको छ। गत आर्थिक वर्षमा २ करोड ९६ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा बढेर १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

त्यस्तै गत आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन ५३ लाख रुपैयाँमात्रै रहेकोमा चालू आर्थिक वर्षमा बढेर ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीको जीवन बीमाकोष ३८ लाख रुपैयाँमात्रै रहेकोमा चालू आवमा बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले रिटेन्ड अर्निङमा ७७ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ लाख रुपैयाँ सञ्चित गरेको छ।

नाफा बढेसँगै इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १२ पैसा मात्रै रहेकोमा चालू आर्थिक वर्षमा बढेर ४ रुपैयाँ ४१ पैसा पुगेको छ।

prabhu mahalaxmi
kumari