stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारले ल्याएको अध्यादेशले व्यवसायीमा नयाँ उर्जा पलाएको छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताएका छन् । यसले व्यवसायिमा नयाँ उर्जा पलाएको बताए ।

नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा उनले निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र चलायन हुने दाबी गरे ।

‘अध्यादेशमा केही अपुग कुराहरु पनि छन् । त्यस विषयमा अध्यादेश टेबल भैसकेपछि छलफल गरौंला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरु पनि पेश गर्ने छौं ।

त्यसमा माननीयहरुमा अहम भूमिका हुनेमा हामी आशावादी छौं ।’ मुलुकको वर्तमान परिस्थितीलाई सुधान गर्न सबै एकजुट हुनुपर्ने उनले बताए । उनले भने, ‘२०÷४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ ।

व्यवसाय सुस्ताएको छ ।  माग कम छ । व्यवसायिमा नैशास्यता छ । व्यवसायिको मनोदशा गम्भिर छ । मनोदशालाई परिवर्तन गर्न जरुरी छ । नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो ।’

राज्यले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । ‘व्यवसाय गर्दा राज्यलाई के फाईदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होईन । हाम्रो पनि व्यवसायिक धर्म हो । हामी नाफा हेर्छौं ।

उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ’, श्रेष्ठले भने । उद्यमशीलता विषय घरबाटै सिकाउनु पर्ने श्रेष्ठको भनाई छ । उद्यमशीलता पाठ्यक्रमा समावेश गर्नुपर्नेमा उनको जोड थियो ।

prabhu mahalaxmi
kumari