stcnepal long ad
ime life insurance
global ime bank long

अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर प्रस्तुत गरेको छ । सो गाडी कम्पनीले टु डोर इलेक्ट्रिक कारको रुपमा ल्याएको हो । यसको विशेषता भनेको यसको सिजर डोर हो । साथै डोरको डिजाइन पनि निकै एयरोडाइनामिक बनाइएको छ ।

जेएसडब्ल्यू एमजी साइबरस्टर इलेक्ट्रिक सुपर कारमा कम्पनीले शक्तिशाली ब्याट्री र मोटर उपलब्ध गराएको छ । यसमा रहेको ब्याट्रीले फुल चार्ज गरेपछि ५०७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसको ब्याट्रीलाई १४४ किलोवाटको फास्ट चार्जरबाट ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

गाडीमा जडान गरिएको मोटरले ३७५ किलोवाटको पावर र ७२५ एनएमको टर्क जेनेरेट गर्छ, जसका कारण यसलाई ३.२ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गतिमा चलाउन सकिन्छ । यसको टप स्पिड १९५ किलोमिटर प्रति घण्टा छ । साथै यसमा रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभको विकल्प पनि रहेको छ ।

कम्पनीले यसमा १०।२५ इन्चको भर्चुअल क्लस्टर, ७ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ७ इन्चको ड्राइभर टचस्क्रिन उपलब्ध गराएको छ ।

साथै यसमा बोस साउन्ड सिस्टम, वाई सेप स्पोर्ट्स सिट, १९ र २० इन्चको अलोय ह्विल, फुल इलेक्ट्रिक हुड, एन्ड्रोइड अटो, एप्पल कार प्ले जस्ता धेरै फिचर दिइएको छ ।

भारतमा ल्याएको एमजी साइबरस्टर केही समयपछि औपचारिक रूपमा लन्च हुनेछ । हाल, कम्पनीले जनवरी १७, २०२५ बाट यसको रिजर्वेसन सुरु गरेको छ। गाडीको डेलिभरी मार्च २०२५ देखि सुरु हुनेछ।

prabhu mahalaxmi
kumari