stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रपति पौडेलले ४ अध्यादेश जारी गरे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार उनले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संसोधन) अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

prabhu mahalaxmi
kumari