stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्याङ्जामा तीन जना प्रहरीमा कोरोना संक्रमण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

स्याङ्जा । स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा तीन जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रवेश निषेध गरिएको छ । बुधबार कार्यालयले सूचना जारी गर्दै प्रहरी कर्मचारीमा संक्रमण देखिएको हुँदा सेवाग्राहीलाई प्रवेशमा रोक लगाएको जानकारी दिएको हो ।

केही निवेदन वा जाहेरी दिनु परेमा वा सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नुपरेमा विद्युतीय माध्यमबाट सम्पर्क गर्न आग्रह गरिएको छ ।

सम्पर्कको लागि dposyangjacrime@gmail.com वा dposyanjasanchar@gmail.com मार्फत् गर्न अनुरोध गरिएको छ ।

स्याङ्जा प्रहरी कार्यालय डिएसपीका अनुसार कार्यालयका तीन जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनका अनुसार ती संक्रमित प्रहरीलाई आइसोलेसनमा लगिएको छ।

prabhu mahalaxmi
kumari