stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन बैंकले सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई सहयोग

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हिमालयन बैंकले सिद्धि स्मृति प्रतिष्ठान—“सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित उक्त वृद्धाश्रमलाइ सहयोग गरेको हो ।

त्यस प्रतिष्ठानमा विरामी तथा अस्पतालका अन्य लुगाहरु दैनिक रुपमा धुनु र सुकाउनु पर्ने तर हाल रहेको मेसिन विग्रिने र पटक–पटक बनाई राख्न पर्ने समस्या व्यहोरी रहेको हुँदा बैंकले सहयोग स्वरुप ५ लाख मूल्य बराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र पन्ध्र किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको छ ।

साथै, बैंकले उक्त प्रतिष्ठानको लागि १ लाख ५७ हजार ६३५ रुपैयाँ बराबरको १० हजार थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरुको उपस्थितिमा उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन्।

prabhu mahalaxmi
kumari