stcnepal long ad
ime life insurance
national life
global ime bank long

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत रु १५ लाखको दाबी भुक्तानी 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बिमितको घरमै शुक्रबार (पुष ५) मा सम्पन्न गरेको छ ।

कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत रु १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते रु १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उहाँलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो ।

घातक रोगको दाबी एक कार्यक्रममा को बिचमा भएको थियो भने कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल,मुर्गिया शाखा प्रमुख गणेश गैरे,भुमही शाखा प्रमुख प्रबिन कंडेल ,मार्केटिङ दया तिमिल्सिना लगायत को उपस्थिति रहेको थियो।

साथै उक्त कार्यक्रममा MDRT माधव भुसाल,MDRTकमला जि सि कुँवर, सिनियर एजेन्सी मेनेजरहरु शालिकराम वोस्ती, शालिकराम भण्डारी समेत को उपस्थिति थियो ।

एजेन्सी म्यानेजरहरू रेशम भाट,हिमाल राना,शलिकराम तिवारी, नुमकला पङेनी,टांक भुसाल ,बसन्ती गिरि लगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बिमित र परिवार जनलाई बिमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रम मार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा बिस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएको थियो ।

“ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता” नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ ।

नेपालको बीमा इतिहासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्बाधिक रकम को मृत्यु दाबी बापत रु ४ करोड भुक्तानी गरेको स्मरण गर्दै , थप बलियो बनाएको छ।

साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै आफ्नो दायित्व कायम राख्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल,MDRT माधव भुसाल र सिनियर एजेन्सी मेनेजर शालिकराम वोस्तीले मन्तब्य को क्रममा बिमा को अपरिहार्यता र महत्वलाइ सबैले समयमै बुझ्नुपर्छ भन्ने मन्तव्य दिनु भएको थियो ।

prabhu mahalaxmi
kumari