stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

स्मार्टफोन निर्माता सोनी र कार निर्माता कम्पनी होन्डाको ज्वाइन्ट भेन्चर सोनी होन्डा मा उत्पादन हुने सोनी होन्डा मोबिलिटी इंक (एसएचएम)ले बजारमा ल्याउने अफिला ब्रान्ड अन्तर्गतको अफिला १ पहिलो पटक सार्वजनिक भएको छ ।

अमेरिकाको लस भेगासमा प्रारम्भ भएको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ को पूर्व सन्ध्यामा सो मोडल सार्वजनिक गरिएको हो ।

अमेरिकाको ओहायोस्थित अत्याधुनिक प्लान्टमा उत्पादन हुने सो मोडल क्यालिफोर्नियामा मात्र हाल प्रिअर्डरका लागि उपलब्ध हुनेछ । यसको बिक्री २०२५ मा प्रारम्भ भएर डेलिभरी चाहिं २०२६ को मध्यमा शुरु हुने अपेक्षा गरिएको छ ।

अफिला १ ओरिजिनको मूल्य ८९ हजार ९ सय डलरबाट प्रारम्भ हुनेछ । दुई ट्रिममा उपलब्ध हुने अर्को ट्रिम अफिला सिग्नेचरको मूल्य भने १ लाख २ हजार ९ सय डलर हुनेछ । यसमा निश्चित फिचर र सर्भिस सहित तीन वर्षको सब्स्क्रिप्सन उपलब्ध हुनेछ ।

गाडीमा एसएचएमको एडास सिस्टम हुनेछ, जसमा ४० सेन्सर हुनेछन् भने क्यामेरा, लिडार र राडार समेत हुनेछ । यसमा ८०० टप्सको कम्प्युटिङ पावर र एआई फिचर समेत हुनेछ ।

अफिला १ मा अफिला पर्सनल एजेन्ट हुनेछ, जसले अन्तक्र्रियात्मक भ्वाइस असिस्टेन्टको कार्य गर्नेछ । यसले विभिन्न कार्यमा सुझाव दिने, इन–कार फङसनलाई कन्ट्रोल गर्ने र पर्सनलाइज्ड ट्राभल एक्सपेरियन्स बनाउने समेत कार्य गर्नेछ ।

यसको क्याबिनमा रहेका प्रत्येक सिटमा सोनीको ३६० डिग्री स्पाटियल साउन्ड टेक्नोलोजी सपोर्ट गर्ने एप र कन्टेन्ट उपलब्ध हुनेछ । न्वाइज क्यान्सल र अडियो एक्सपेरियन्स बढाउने लगायतका विभिन्न फिचर यसमा हुनेछन् ।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्न लागेको अवस्थामा यो गाडी सार्वजनिक भएको छ । उनले ईभीप्रति अलि फरक दृष्टिकोण अपनाउने घोषणा गरेका छन् ।

तुलनात्मक रुपमा अलि महंगो मूल्यमा उपलब्ध हुने अफिला १ ले लक्जरी ईभी बजारलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

kumari bank
kumari
nawakantipur long