stcnepal long ad
ime life insurance
national life
global ime bank long

ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो ।

हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले राससलाई बताए ।

अभियुक्तहरुबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरुले अनलाइन जुवा लगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए ।

 

 

prabhu mahalaxmi
kumari