stcnepal long ad
ime life insurance
national life
global ime bank long

फोनपे बिजनेस एपबाट अब तुरुन्तै आफ्नो खातामा रकम ट्रान्सफर गर्न सकिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । डिजिटल भुक्तानी प्लेटफर्म फोनेपेले मर्चेन्ट तथा व्यावसायिक व्यक्तिहरूलाई लक्षित गर्दै ‘अन–रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधा अन्तर्गत व्यापारीहरूले कुनै पनि समयमा आफूलाई आवश्यक रकम तुरुन्तै बैंक खातामा स्थानान्तरण गर्नसक्ने फोनपेले जनाएको छ ।

कम्पनीका अनुसार कुनै पनि प्रकारको अतिरिक्त शुल्क बिना यो सेवा लिन सकिन्छ । यसले नगद प्रवाहलाई तत्काल र अनुकूल बनाउँदै व्यापारिक निर्णयहरूलाई छिटो र प्रभावकारी बनाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

व्यापारीहरूले यो सुविधा प्रयोग गरी आपूर्तिकर्तालाई भुक्तानी गर्न, कर्मचारीहरूको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न सक्ने कम्पनीको भनाइ छ ।

यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ । यसका लागि एपमा रहेको आफ्नो रजिस्टर्ड खातामा लगइन गरी प्रोफाइल लोगोमा ट्याप गरेर ‘सेटलमेन्ट सेटिङ्स’मा पुग्नुपर्छ । त्यहाँ उपलब्ध ‘रिक्वेस्ट विदड्रअल’ विकल्प मार्फत यो सुविधा एक्टिभेट गर्न सकिन्छ ।

एकपटक इनेबल गरेपछि आवश्यकता परेको जुनसुकै समयमा नगद तुरुन्त बैंक खातामा स्थानान्तरण गर्न सकिनेछ ।

prabhu mahalaxmi
kumari