citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकको संस्थापक समूहको ५५ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी बाहेकका सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

बैंकले यसअघि नै उक्त शेयर संस्थापक शेयरधनीलाई खरिद आह्वान गरिसकेको जनाएको छ। तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति, संघसंस्था वा कम्पनीले आवश्यक कागजात सहित ७ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ।

निवेदन माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारास्थित बाघ दरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा बुझाउनु पर्नेछ।

IME Life
kumari