stcnepal long ad
ime life insurance
global ime bank long

छिमेक लघुवित्त वित्तीय संस्थाको पुस २९ गते साधारण सभा

कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको पुस २९ गते लाभांश प्रस्ताव सहित वार्षिक साधारण सभा बस्दैछ । साधारण सभामा लघुवित्त संस्थाले ८ प्रतिशत बोनस सेयर र कर सहित ७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले आज पुस १६ गते बुक क्लोज गरेको छ । त्यसैले बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा, होटल सामना प्रा.लि.को सभा हल, हेटौंडामा बिहान ११ बजे सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari