stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरएसडीसी लघुवित्तको पुस २९ गते वार्षिक साधारण सभा

आरएसडीसीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न आरएसडीसी लघुवित्तले वार्षिक साधारण सभाको मिति तय गरेको छ । लघुवित्त कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभामा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक सेयरधनीको समूह तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूह तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

आरएसडीसीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, त्यसभन्दा अघि सेयर कारोबार हुने दिनसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । साधारण सभा वेष्टर्न एसियन होटल प्रा.लि., बुटवल रुपन्देहीमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari