citizens life insurance long ad
stcnepal long ad

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्रीको लागि विशेष अनलाइन पोर्टल सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। एनआईसी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरू, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिको लिलाम बिक्री सम्बन्धी जानकारी प्रदान गर्न विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

यस पोर्टलमार्फत ग्राहकले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण सजिलैसँग हेर्न र खरिद प्रक्रियामा सहभागी हुन सक्ने बैंकले जानकारी गराएको छ।

बैंकद्वारा सार्वजनिक गरिएको अनलाइन पोर्टल https://auctionassistance.nicasiabank.com मा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा लोकेशनसहितको जानकारी उपलब्ध गराइएको छ।

ग्राहकले लिलाम बिक्री सूचनामा रहेको क्युआर कोड स्क्यान गरेर यस पोर्टलमा पहुँच प्राप्त गर्न सक्नेछन्। साथै, सम्पत्तिको अवस्थिति बुझ्नका लागि गुगल म्यापसमेत समावेश गरिएको छ।

ग्राहकले आफूलाई चाहिएको सम्पत्तिको थप जानकारीका लागि पोर्टलमै रहेको म्यासेज बक्स प्रयोग गर्न सक्नेछन्।

म्यासेज पठाउनका लागि आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गर्नुपर्नेछ। यस प्रक्रियाबाट ग्राहकलाई सहज र पारदर्शी सेवा प्रदान गर्ने बैंकको उद्देश्य रहेको छ।

बैंकले सञ्चालनमा ल्याएको यस पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकको नाममा रहेको सम्पत्तिको लिलाम बिक्री सम्बन्धी सूचना प्रकाशित गरिनेछ।

इच्छुक ग्राहकले यस पोर्टलमार्फत लिलाम बिक्रीका सम्पत्तिहरूको जानकारी प्राप्त गरेर आर्थिक अवसर सदुपयोग गर्न सक्ने बैंकको विश्वास छ।

IME Life
kumari