stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल देवभूमि र भगवान जन्मिएको भूमि हो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नीरज रञ्जित

भगवान राम कहाँ जन्मेका हुन् रु नेपाल कि भारत वर्ष रु कुनै समय गंगावारी नेपाली साम्राज्य थियो, यो इतिहासले पुष्टि गरि सकेको तथ्य हो । यश हिसावले राम जन्मेको भूमी कुनै वेला नेपालको थियो ।

यही तथ्यको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म भूमी नेपाल वा हालको पर्साको ठोरी,चितवनको माडि अयोध्यापुरी भन्ने अर्थ आउने गरि बोलेपछि नेपालमा नयाँ हलचल पैदा भएको छ । मलाई र हामी मध्ये धेरैलाई के चाहिं पक्का थाहा छ भने संसारमा जति पनि भगवान र महात्मा छन् ती सबै एशियामा जन्मेका छन् ।

र, त्यसमा ९० प्रतिशत भगवान नेपालमा जन्मेका छन् । किनकि यो तपोभूमि हो । जहाँ बहादुर जन्मन्छन् भगवान पनि त्यही जन्मन्छन् । त्यसैले वीर गोर्खालीको भूमि नेपाल भनेको भगवानहरुको जन्म भूमि हो ।

चाहे शिव, गोरखनाथ, माता दुर्गा, काली, पार्वती, अष्टाबक्र, राजा जनक, विदुषी गार्गी, विश्वामित्र, वाल्मिकी, बराह अवतार, वेद व्यास, गणेश, लभ कुश, कौशिक, पाणिनी, भगवान बुद्ध र अरु पनि धेरै । प्रधानमन्त्री केपी शर्मा ओलीको स्टेटमेन्टले नेपालका इण्डियन दलालहरू भने खुबै बहुलाई रहेका छन् ।

र, बीच सडकमा नांगो भइरहेका छन् । बहुलाएर केपी शर्मा ओलीलाई गाली गर्नमा व्यस्त छन् । भगवान राम नेपालको अयोध्यापुरमा जन्मेका हुन् भन्ने के प्रमाण छ र केपी ओली बोलेका हुन् भन्नेहरुले इण्डियनलाई पनि सोध जसलाई इण्डियनहरु अयोध्या भन्दै दुनियाँलाई मूर्ख बनाइरहेका छन् उनीहरुसँग त्यसको के प्रमाण छ रु छैन।

जहाँ मुसलमानको बाबरी मस्जिद छ,त्यहाँ कसरी राम मन्दिर हुन सक्छ सदियौ देखि यो विवाद हुँदै आएको छ। भारत सरकारको टाउको यसले खाएको छ । अयोध्या मात्र हैन,रामपुर पनि चितवनमा पर्दछ।पटना, राँची पनि नेपालमै पर्दथ्यो ।
अनि महाभारतका कुरुप पात्र हुन्, किच्चक । किच्चक बध भएको ठाउँ झापामा छ । विराट राजाको दरवार विराटनगरमा छ,रामधुनी सुनसरीमा छ।रामपुर, पाण्डव नगर,वाल्मिकिनगर,रामनगर चितवनमा पर्दछ।

रामपुर,रामघाट पाल्पामा पर्छ ।यसले राम यतै राज्य गर्थे भन्न सकिन्छ। अजिज्ञासुहरुले हाम्रा प्रधानमन्त्रीज्युको हुर्मत लिएका छन् । मचाँहि राम नेपालमा जन्मेका हुन भनेर पिएमले बोल्दा अपराध भो भन्नेमा पिटिक्कै छैन ।

यसले त दुई देशबीच संस्कृतिको गहिरो खोजमा बल मिलेको छ भन्ने तर्कमा छु । तर, यहाँ कुनै समय रामसँगसँगै गोठालो गाको, भकुण्डो खेलेको, साँझपख यसो भट्टिमै छिरेर एकदुई प्याला लगाएको, अयोध्यातिर रामको हात समातेर लड्डु खाँदै घुमेको जसरी बहसमा उत्रिएका छन् ।

ए, भगवान र राम ठोरी कि अयोध्यामा जन्मेका रु धेरैले भन्छन अयोध्यायमा तर प्राचीन अयोध्यायका वारेमा विवाद छ।न सीता थिइन्, न त राम नै थियो । यी त हिन्दुमिथकीय साहित्यिक आख्यानका पात्रहरू मात्र हुन् कि भनेर तर्क गर्नेहरू पनि छन्। जनकपुरको जानकी मन्दिर प्राचीनकालमा बौधविहार हो जो पछि हिन्दुअतिक्रमण भएको हो ।

जानकी मन्दिरको जुन संरचनागत ढाँचा छ त्यो हिन्दुमन्दिरको मौलिक विशेषता होइन । हिन्दुमन्दिरको मौलिक संरचना भनेको शिखर तथा पेगोडा शैली हो ।

भारतको अयोध्याको राममन्दिर प्रचीनकालमा बौद्धविहार हो जसलाई मुगल ९मंगोल० साम्राज्यका संस्थापक बाबरले भत्काएर त्यस ठाउँमा मस्जित बनाएका थिए भनिदैआएको छ । त्यसलाई भर्खरै मोदीहरूले भत्काएर राममन्दिर बनाउने भनिरहेका छन् । यी सब पुरातात्विक विज्ञानले पुष्टि गरिसकेका छन् ।

द्वान्द्वात्मक भौतिकवादी भनिने केपी ओलीहरूले नेपाललाई बारम्बार ऋषिमुनिहरूको देश भनिरहनु स हाँस्ने नारीहरूलाई वेश्याको दर्जा दिने भानुभक्तको गौरवगाथा गाउनु र रामलाई नेपाली भुमिसंग जोड्न खोज्नु हिन्दुवादको चरम दुरूपयोग हो । राम, रामायण र अयोध्या आफैमा मिथक मात्र हो ।

रामायण आफैमा वाल्मीकिबाट संस्कृतमा रचना भएको महाकाव्य हो । परम्परा र जनश्रुती हुँदै रामायणको रचना भएको तथ्य हामी सबैको सामु रहेको छ । यही पृष्ठभूमिमा भारतमा निर्मित अयोध्या मानव निर्मित हो । यससंग रामको जन्मसँग कुनै सम्बन्ध छैन ।

हाल भारतको उत्तर प्रदेशमा रहेको अयोध्या प्राचीन त होला, तर रामजन्मसँग यसको कुनै सम्बन्ध छैन । यसैले अयोध्यालाई यही रुपमा बुझनु पर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा अयोध्या थियो भन्नु कुनै गल्ती गरेका छैनन् । बरु केही माक्सवादी र राष्टवादीहरुको प्रतिक्रिया पो अचम्म लाग्दो छ । प्रतिक्रिया हेर्दा लाग्छ, राम जन्मेको उनीहरुले देखेका थिए ।

नेपालले जारी गरेको संविधान रोक्न नेपालमा आगो लगाउन खोज्ने भारत, बुद्ध भारतमा जन्मिएका हुन भनेर बिधालय पाठ्यक्रममै राख्ने, अन्तरराष्ट्रिय फोरममा बुद्ध भारतका हुन भनी बुद्धको नक्कली जन्मभुमी समेत बनाउने भारतलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राम नेपाली भूमिकै हुन भन्दा उसको चित्त दुख्छ, यसले सम्बन्ध बिगार्छ भन्ने नेपाली स्वघोषित बुद्दिजिवी र मेडिया नियाल्नुस त, मोदीले बुद्ध भारतका हुन भन्दा नेपालको चित्त दुखेको छ भनेर हेडलाइन किन नलेखेकोरु प्रम ओलीलाई उडाउन भारतको चित्त समेत थाम्न तयार छन उताका भत्ता खानेहरु।

अयोध्याका बिषयमा भारतमै राम जन्मभुमी हो र हैन भन्नेमा ठुलो बिबाद छ। सन् १९९२ मा यही काण्डले अयोध्यामा रक्तपातपूर्ण धार्मिक लडाईं भो। प्रधानमन्त्रिले किन यसो बोल्नुभो भन्ने कुरा नेपालका उपबुज्रुकहरुले बुझेकै छैनन।

भारतमा चाँही यसले भुकम्पै जान्छ। भारतले कालापानी हाम्रो हो भनेर दादागिरी देखाएर नेपाली भुभाग कब्जा गर्दा, नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा सबै मर्यादा नाघेर सबै नेपालीलाई गाली गर्ने भारतीय मिडियाका बिरुद्ध एक वाक्य लेख्न नसक्ने मिडिया र एक शब्द बोल्न नसक्ने राता क्रान्तिकारीहरुले केपी ओलीलाई सराप्नेरु भारतीय मिडियाले जे बोलिरहेका छन् हाम्रा नेपालका विद्वानहरुले ठ्याक्कै त्यहि कपि गरेर हाम्रो गरेका छैनन्।

prabhu mahalaxmi
kumari