citizens life insurance long ad
stcnepal long ad

एशियन लाइफले व्यतित बीमालेख नविकरणमा ५०% सम्म ब्याज छुट दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ।

कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु कात्ति २१ गते अर्थात भोलिसम्म पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने घोषणा गरेको हो।

कम्पनीले यस्तो छुट भदौ १० गतेदेखि दिँदै आइरहेको छ । अहिले समय थप गरिएको कम्पनीले जनाएको छ । पाँच वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशतसम्म र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट दिइने कम्पनीले जनाएको छ।

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ। एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ।

IME Life
kumari