stcnepal long ad
nabil bank
macchha(MBL)

पाकिस्तानविरुद्ध अस्ट्रेलियाको विजयी सुरुवात

Nimb long ad
Prabhu Insurance Long Ad

पाकिस्तान र अस्ट्रेलियाबीच जारी ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले २ विकेटको जित निकालेको छ।

सोमबार भएको खेलमा जित हात पारेसँगै अस्ट्रेलियाले १–० को अग्रता बनाउन सफल भयो। अस्ट्रेलियाले पाकिस्तानले दिएको २ सय ४ रनको लक्ष्य ३३।३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो।

मेलवर्नमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४६।४ ओभरमा अलआउट हुँदै २ सय ३ रनमा समेटियो। पाकिस्तानका लागि नसिम साहले ४० रन बनाउँदा मोहम्मद रिजवानले ४४ रन बनाए। त्यस्तै, सहिन शाह अफ्रिदीले ४० रनको इनिङ्स खेल्दा बाबर अजामले ३७ रन बनाएका थिए।

त्यस्तै, अब्दुलाह सफिकले १२ रन बनाउँदा इर्फान खानले २२ रन बनाएका थिए। अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिँदा प्याट कमिन्स र एडम जम्पाले २–२ विकेट लिए। त्यस्तै, सिन एबट र मार्नुस लबुसेनले समान १–१ विकेट लिएका थिए।

२ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले उक्त लक्ष्य ९९ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गर्‍यो। अस्ट्रेलियाको जितमा जोस इंग्लिसले सर्वाधिक ४९ रन बनाए। त्यस्तै, स्टिभ स्मिथले ४४ रन बनाउँदा ज्याक फ्रेसर म्याकगुर्क र मार्नुस लबुसेनले १६–१६ रन बनाए।

त्यस्तै, कप्तान प्याट कमिन्सले ३१ रनको अविजित इनिङ खेलेका थिए। पाकिस्तानका लागि हरिस रौफले ३ विकेट र सहिन शाह अफ्रिदीले २ विकेट लिए। नसिम शाह र मोहम्मद हसइनले समान १–१ विकेट लिए। यी दुईबीचको दोस्रो एकदिवसीय खेल शुक्रबार हुनेछ।

prabhu mahalaxmi
kumari