citizens life insurance long ad
stcnepal long ad

नेपाली बजारमा सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । आज पनि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हालसम्मकै उच्च हो। हिजो सुन तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर २ हजार ९५ रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। हिजो चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

IME Life
kumari