सानिमा जीआइसी इन्स्योरेन्सको ११ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका
काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सको ११ लाख ३ हजार ४०५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (कात्तिक ५ गते) अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ७ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक सानिमा क्यापिटल, सममार्ग काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।





























