citizens life insurance long ad
stcnepal long ad

लिबर्टी इनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति पायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयर ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले गत असोज २३ गते लिबर्टी इनर्जीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब लिबर्टी इनर्जीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयर बिक्रीबाट कम्पनीले ७५ करोड रुपैयाँ संकलन गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

IME Life
kumari