sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणप्रति नेपालको चासो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंँ। नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणलाई लिएर चिन्ता ब्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको घटनालाई लिएर चासो ब्यक्त गरेको हो ।

सामाजिक सन्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल –यू.एन.आई.एफ.आई.एलका शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ ।

साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’

संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो ।

त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए ।

gold
prabhu bank
nawakantipur long