stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा रिलायन्स लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको कुल १८.३८११ प्रतिशतले हुन आउने ७६ करोड ९० लाख ६५ हजार २२४ रुपैयाँ बराबरको बोनस शेयर अनुमोदन गरेको छ ।

सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा गाभिई एकीकृत कारोबार सुरु भएको मिति २०७९ चैत ९ गतेदेखि २०८१ असोज १० गतेसम्म कम्पनीको शेयर नियमानुसार खरिद–बिक्री दर्ता खारेज भई नयाँ कायम हुन आएका शेयरधनीहरुले नियमानुसार प्राप्त गर्ने बोनस शेयरमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने लाभांश कर रकम दाखिला भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर दाखिला हुने कम्पनीले जनाएको छ।

बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि भएर ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २२४ रुपैयाँ पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनिन सभाले अनुमोदन गरेको छ ।

पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अजेन्डा पनि सभाले अनुमोदन गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक समूहका तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तिको अनुमोदन गरेको छ ।

साधारण सभा काठमाडौँको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको हो ।

prabhu mahalaxmi
kumari