sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कामना सेवा विकास बैंकमा आबद्ध सबैले बुद्ध एयरको टिकेटमा छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयर प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकेटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट सम्वन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरि प्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

बैंकका  ग्राहकहरु तथा  ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउने छन ।

साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको मोबाईल बैंकिङमार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउनेछन् ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

prabhu bank
nawakantipur long