stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लघुवित्तलाई बैंकहरुले दिने विपन्न कर्जामा सीमा

स्थिर ब्याजदरको कर्जा स्वाप गर्दा थप १५ शुल्क लाग्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले लघुवित्तमा प्रवाह गर्ने विपन्न वर्ग कर्जामा सीमा तोकेको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै वाणिज्य बैंकहरुलाई लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गर्ने कुल थोक कर्जाको अधिकतम ४० प्रतिशतसम्म मात्र थोक कर्जा प्रवाह गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई संस्थागत क्षमता तथा संस्थागत जमानीमा प्रवाह गरेको आवधिक प्रकृतिको थोक कर्जालाई विपन्न वर्गमा प्रवाह भएको कर्जामा गणना गर्ने व्यवस्था छ ।

तर, कुनै बैंक तथा वित्तीय संस्थाले आफूले प्रवाह गरेको कुल थोक कर्जाको अधिकतम ४० प्रतिशतसम्म लघुवित्तमा थोक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

स्थिर ब्याजदरको कर्जा स्वाप गर्दा थप १५ शुल्क लाग्ने

नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरमा कर्जा लिएका ऋणीलाई कर्जा प्रवाह भएको २ वर्षसम्म कर्जा स्वाप भएमा थप १ प्रतिशत शुल्क लाग्ने व्यवस्था गरेको छ ।

ग्रेस अवधि प्रदान गरी प्रवाह गरेको परियोजना कर्जाको हकमा परियोजना संचालनमा आएको २ वर्षसम्म कर्जाको अग्रिम भुक्तानी वा कर्जा स्वाप भएको अवस्थामा थप १ प्रतिशत शुल्क लाग्ने नयाँ व्यवस्था गरिएको राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रमा उल्लेख छ ।

विद्युत् परियोजनाहरू सञ्चालनमा ल्याउन निर्धारित परिवर्तित मितिबमोजिम सञ्चालनमा आउन नसकेर ग्रेस अवधि थपिएमा पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएको नमानिने उल्लेख छ ।

त्यस्तै, जलविद्युत् आयोजना सम्पन्न भई उत्पादन प्रारम्भ गरे तापनि पूर्ण क्षमताको प्रसारणलाइन निर्माण नभएका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेका कारण ग्रेस अवधि थप भएमा पुनर्संरचना–पुनर्तालिकीकरण गरेको नमानिने निर्देशनमा उल्लेख छ ।

यसमा ग्रेस अवधि भन्नाले कर्जा प्रवाह सुरु भएको मितिदेखि कर्जाको किस्ता भुक्तानी गर्न सुरु हुने मिति बुझिनुपर्ने परिपत्रमा उल्लेख छ ।

राष्ट्र बैंकले ब्याज पुँजीकरण गरिएका ५० मेगावाट वा सोभन्दा बढी क्षमताको जलविद्युत् परियोजनालाई पुँजीकृत ब्याजलाई पनि आम्दानीमा हिसाब गर्न पाउने सुविधा दिएको छ । तर, यसका लागि निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको प्रमाणित हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै इजाजतपत्रप्राप्त संस्थालाई खुला बजार कारोबार नियमावली र सोसम्बन्धी कार्यविधिको शर्त तथा मापदण्डका आधारमा स्थायी निक्षेप सुविधा एसडीएफ उपलब्ध गराउने भएको छ ।

यसैगरी काउण्टरपार्टीको योग्यता सम्बन्धमाः खुला बजार कारोबारमा सहभागी काउण्टरपार्टी योग्यता नेपाल राष्ट्र बैंक खुला बजार कारोबार नियमावलीमा भएको व्यवस्थाबमोजिम हुने बुँदा थप गरेको छ ।

prabhu mahalaxmi
kumari