stcnepal long ad
himalayan life insurance long ad

प्रहरीको बढुवामा ढिलासुस्ती

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीमा हाल दुई एआईजी,पाँच डिआईजीसहित माथिल्लो तहमा दर्जनौं पद रिक्त रहेका छन् । ति रिक्त पदमा दसैं अगाडि बढुवा हुने संकेत देखिएको छैन ।

तर दसैंपछि भने छिट्टै बढुवा गर्नुपर्ने बढुवाको लाइनमा रहेका प्रहरी अधिकृतहरू बताउछन। आगामी तीन महिनाभित्र नेपाल प्रहरीका एसपीदेखि एआईजीसम्मका धेरै उच्च तहका थप पदहरु रिक्त हुँदैछन् । आगामी तीन महिनाभित्र प्रहरीमा तीन एआईजीले अनिवार्य अवकाश पाउँदैछन् ।

एआइजी रामदत्त जोशी, भिमप्रसाद ढकाल र किरण बज्राचार्य अवकाशको मुखमा रहेका छन् । हाल कार्य विभागमा कार्यरत एआइजी जोशीले आगामी कात्तिक १८ गते अवकाश पाउँदैछन् ।

त्यस्तै, मानव स्रोत तथा विकास विभागमा कार्यरत भिमप्रसाद ढकालले आगामी मंसिर २७ गते अवकाश पाउँदैछन् । उपत्यका प्रहरी कार्यालयमा कार्यरत एआइजी किरण बज्राचार्य आगामी मंसिर १८ गते अनिवार्य अवकाश पाउने प्रहरी स्रोतले बताएको छ ।

त्यस्तै, केही डिआईजीहरु पनि अवकाश हुँदैछन् । डिआइजी राजेश बाँस्तोलाले आगामी कात्तिक ११ मा अनिवार्य अवकाश पाउँदैछन् ।

डिआइजी किरण राणाले आगामी कात्तिक १६ मा अवकाश पाउने छिन् भने प्रबन्धका डिआइजी केदार ढकालले आगामी मंसिर २१ मा अवकाश पाउनेछन् ।

डिआईजी ढकालले प्रदेश प्रहरी प्रमुखमा जान समेत अस्वीकार गरेका थिए । हाल उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यरत डिआइजी भरत बोहराले आगामी १४ पुस १४ मा अवकाश पाउँदैछन् ।

हाल नेपाल प्रहरी अस्पतालका प्रमुख चिकित्सक सहित दुई एआईजी र पाँच डिआइजीको पद रिक्त छ । त्यस्तै, १७ एसएसपीको रिक्त हुने अवस्था छ । प्रहरीमा गत असारदेखि नै पदहरु रिक्त भएपनि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।

आईजीपी वसन्त बहादुर कुवँरले रिक्त पदमा बढुवाका लागि प्रकृया अगाडि बढाएका छैनन। यसले धेरै प्रहरी अधिकृतहरूको क्यारियर बिग्रिन लागेको छ।

आर्थिक वर्ष समाप्त भएपछि साउनदेखि गत असोज २१ गतेसम्म कार्यसम्पादन मूल्याङकनको नम्बर दिने समय भएपनि त्यो समय सकिएको छ।

अब दसैैंपछि लगत्तै बढुवा प्रकृया अगाडि बढाउनुपर्ने प्रहरी स्रोतले बताएको छ । तर, बढुवामा तिव्र प्रतिस्पर्धा र चलखेल भैरहेकाले दसैं लगत्तै बढुवा प्रक्रिया अघि बढाउने सम्भावना न्यून रहेको गृह मन्त्रालय स्रोतले बताएको छ ।